११ असार २०८३, बिहीबार

लेक लागेर बिरामी परेका तीनको उद्धार

असोज ३०, २०८०
काठमाडौं
लेक लागेर बिरामी परेका तीनको उद्धार

उत्तरी गोरखाको साम्दोमा लेक लागेर बिरामी परेका तीनको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चुमनुव्री गाउँपालिका–१ साम्दोबाट लेक लागेर बिरामी परेका गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका वसन्त घिमिरे, चितवनको भरतपुरका कपिल घिमिरे र सुवोध अर्यालको हेलिकप्टरमार्फत उद्धार गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए । 

बिरामीलाई एयर डाइनेष्टिको हेलिकप्टरमार्फत साम्दोबाट उद्धार गरी काठमाडौँ पु-याइएको उनले बताए। लार्केपासका लागि गएका तीनै जनालाई साम्दोमा पुगेपछि लेक लागेको थियो । उद्धारका लागि हेलिकप्टर पुगेलगत्तै हिउँ परेपछि केहीसमय हेलिकप्टर उड्न समस्या परेको थियो ।

गोरखाको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटर उचाइमा पर्दछ । उनीहरु बिरामी परेको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्