०१ असार २०८३, सोमबार

रूकुम पश्चिमको मुसिकोटमा महिलाको हत्या, एक जना पक्राउ

कात्तिक १, २०८०
रुकुम पश्चिम
रूकुम पश्चिमको मुसिकोटमा महिलाको हत्या, एक जना पक्राउ
फाइल फोटो

रूकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गास्थित सत्कार होटलमा एक महिलाको हत्या भएको छ ।

हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ जानकारी दिए । थप अनुसन्धान भइरहेको उनको  भनाइ छ ।

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेकी थिइन् ।

मंगलवार साँझ कोहलपुरबाट खटिएको प्रहरीको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार महिलाको घाँटी रेटेर हत्या गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्या हुनुको कारण आर्थिक कारोबार रहेको देखिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्