०९ साउन २०८३, शनिबार

कोशीमा संसदीय अंकगणितको सामान्य ज्ञान नहुँदाको परिणाम देखिएको हो : हिक्मत कार्की

कात्तिक १, २०८०
विराटनगर
कोशीमा संसदीय अंकगणितको सामान्य ज्ञान नहुँदाको परिणाम देखिएको हो : हिक्मत कार्की

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफूहरू नयाँ निर्णयमा पुगेको बताएका छन् ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

‘गबठन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो । त्यसपछि हामी रन्थनियौं । त्यही बेला केदार कार्कीले हिम्मत गर्नुभयो । उहाँलाई हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं । के यो गल्ती भयो ? संविधानको उपधारा ५ मा हामीले पुर्‍याएका हौं ? कसले पुर्‍याएको हो ?,’ उनले भने, ‘यस विषयमा एमालेले गल्ती गरेको रहेछ भने भोलि कुनै दिन माफी मागौंला । तर हामीले गल्ती गरेका छैनौं ।’

संसद्‌को अंकगणितको बारेमा सामान्य ज्ञान नहुँदा अहिलेको परिणाम आएको उनले बताए । ‘गणितको समेत सामान्य ज्ञान नराखी हामी यो जनादेशलाई समेत भुलेर सरकार गठन र विघटनमा रुमल्लिरहेका छौं । यो कारणले मध्यावधि निर्वाचनमा जाने त होइन भन्ने अवस्थामा आइपुगेका छौं ।’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्