
काठमाडौं २७ पुस - सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को बुधवार बसेको बैठकले ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
पुनर्निर्माणको काम सन्तोषजनक नभएको ठहर गर्दै ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बतायो ।
ज्ञवालीले दोस्रोपटक दिएको स्पष्टीकरण समेत चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो ।