३० असार २०८३, मंगलबार

गाजाको अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै एमालेले भन्यो– मानवीयताका सबै सीमा उल्लङ्घन

कात्तिक २, २०८०
काठमाडौं
गाजाको अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै एमालेले भन्यो– मानवीयताका सबै सीमा उल्लङ्घन

नेकपा (एमाले)ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधवार विज्ञप्ति जारी गरी रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनाका साथै बालबालिकासहित सयौँ हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै समस्याको समाधान शान्ति वार्ताद्वारा गरिनुपर्छ, निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।’

अध्यक्ष ओलीले घटनामा उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायक निकायलाई आवागमनका लागि अनुमति दिनुपर्छ भन्ने मान्यता आफ्नो पार्टीको रहेको पनि स्पष्ट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्