०५ साउन २०८३, मंगलबार

सेप्टेम्बरमा ९० हजारभन्दा बढी पर्यटकले गरे फिजी भ्रमण

कात्तिक २, २०८०
काठमाडौं
सेप्टेम्बरमा ९० हजारभन्दा बढी पर्यटकले गरे फिजी भ्रमण

गत सेप्टेम्बर महिनामा ९० हजारभन्दा बढी पर्यटकहरूले फिजी भ्रमण गरेका छन् । बिहीबार फिजीको तथ्याङ्क ब्युरोले यस बारे सार्वजनिक जानकारी गराएको हो।

ब्युरोका प्रमुख कार्यकारी केमुली नाइकामाले सेप्टेम्बरमा फिजीमा ९० हजार ४३९ आगन्तुक आएको  बताएका छन् ।  सो सङ्ख्या एक वर्ष अघिको तुलनामा २४.५ प्रतिशतले बढेको देखिएको छ ।

कुल ९० हजार ४३९ आगन्तुकमध्ये ८९ हाजर २०३ हवाईमार्गबाट आएका थिए भने, १ हजार २३६ जना समुद्रीमार्गबाट आएका थिए।
फिजी सरकारको पर्यटन मार्केटिङ शाखा, टुरिजम फिजीले यस वर्ष थप विदेशी आगन्तुकहरूलाई आकर्षित गर्न "जहाँ खुशी प्राकृतिक रूपमा आउँछ" नामक अभियान शुरु गरेको छ। यो अभियान सार्थक बन्दै गएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्