१९ असार २०८३, शुक्रबार

मध्यपूर्वको स्थायित्वका लागि चीनले इजिप्टसँग काम गर्छः राष्ट्रपति सी

कात्तिक ३, २०८०
काठमाडौं
मध्यपूर्वको स्थायित्वका लागि चीनले इजिप्टसँग काम गर्छः राष्ट्रपति सी

बेइजिङ–चीनका राष्ट्रपति सि जिनपिङले इजिप्टका प्रधानमन्त्रीसँग बिहीवार मध्यपूर्वमा ‘अधिक स्थायित्व’ ल्याउन आफ्नो मुलुकले इजिप्टसँग मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन् । 

‘चीन इजिप्टसँग सहयोग बढाउन तथा मध्यपूर्व र विश्वमा अधिक निश्चितता र स्थायित्व ल्याउन इच्छुक छ” बेइजिङमा राष्ट्रपति सिले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा भनेको भन्दै सरकारी प्रसारक सीसीटीभीले जनाएको छ । 

‘चीन र इजिप्ट असल मित्र हुन् जसको लक्ष समान छ र एकआपसमा विश्वास गर्छन् । विकास र साझा समृद्धिका लागि हातमा हात मिलाएर काम गर्ने असल साझेदार हुन्,’ सीको भनाइ उद्धृत गर्दै सीसीटीभीले भनेको छ, ‘वर्तमानमा अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ र विश्वले एक शताब्दीदेखि नदेखिएको तीव्र परिवर्तनको अनुभव गरिरहेको छ ।’

सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायका साथै विकासशील मुलुकहरूको समान हितको रक्षा गर्न बेइजिङ कायरोसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताए । 

इजरायल र हमासबीच यसै महिना युद्ध सुरु भएयता इजिप्टले गाजापट्टीसँगको आफ्नो सीमालाई प्राय बन्द गरेको छ । गाजामा मानवीय स्थिति लगातार दयनीय बन्दै गएको छ । तर कायरोले बिहीबार रफाह क्रसिङमार्फत मानवीय सहायताका लागि ‘दिगो’ मार्ग दिने बताएको छ ।  

आगामी वर्षदेखि इजिप्ट उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको औपचारिक सदस्य बन्ने भएसँगै हालैका महिनामा चीन र इजिप्टबीचको सम्बन्ध मजबुत हुँदै गएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्