०५ साउन २०८३, मंगलबार

मतपरिणाम विवादपछि एनआरएनएको सम्पूर्ण कार्यक्रमहरु स्थगित

कात्तिक ३, २०८०
काठमाडौं
मतपरिणाम विवादपछि एनआरएनएको सम्पूर्ण कार्यक्रमहरु स्थगित

काठमाडौँ । नयाँ नेतृत्व चयनका क्रममा भएको विवादपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ । शुक्रबार हुने भनिएको ११ औँ विश्व सम्मेलनको समापन समारोहसहितका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको हो । 

 अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले जारी गरेको सूचनामा कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । यससँगै निर्वाचन प्रक्रिया पनि स्थगित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्