
काठमाडौं, ८ असोज– तेस्रो चरणको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ ।
असोज दुईमा सम्पन्न दुई नम्बर प्रदेशको निर्वाचनको अन्तिम परिणाम आउन अब १५ स्थान बाँकी छ । पछिल्लो परिणाम अनुसार परिणाममा नेपाली कांग्रेस दुई नम्बर प्रदेशको ठूलो पार्टी बनेको छ ।
कांग्रेसले १ सय ३६ स्थानीय तह मध्ये ३६ मा जीत निकालेको छ ।
दोस्रो स्थानमा संघीय समाजवादी फोरम रहेको छ उसले २३ स्थानीइ तहमा जीत निकाल्दा राजपा तेस्रो स्थानमा जीत निकालेको छ । माओवादी केन्द्रले २० स्थानीय तहमा जीत्दा एमालेले १६ स्थानीय तहमा जीतको छ । लोकतान्त्रिक फोरमले तीन स्थानीय तहमा जीत निकाल्दा अन्य दलले तीन स्थानीय तहमा जीत निकालेको छ ।
अब मगगणना बाँकी रहेको स्थानीय तहमापनि नेपाली कांग्रेको अग्रता छ । कांग्रेसले ४ समाजवादी फोरमले तीन राजपाले एक माओवादी केन्द्रले २ र एमालेले तीन स्थानीय तहमा अग्रता बनाएको छ ।