२८ असार २०८३, आइतबार

नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

कात्तिक ५, २०८०
काठमाडौं
नेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक

नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् । 

पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन् ।

नेपाली अफिसर क्याडेटलाई पदक प्रदान गर्नु तालिमका क्रममा क्याडेटले देखाएको कडा परिश्रम र समर्पणको प्रमाण भएको  सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्