०५ साउन २०८३, मंगलबार

टर्कीले नयाँ युक्रेन शान्ति वार्तामा भाग लिनेछ- जेलेन्स्की

कात्तिक ५, २०८०
काठमाडौं
टर्कीले नयाँ युक्रेन शान्ति वार्तामा भाग लिनेछ- जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार टर्कीएका समकक्षी रेसेप तय्यप एर्दोगानसँग कुराकानी गरेपछि युक्रेन सङ्घर्षलाई समाप्त पार्ने तरिकाबारे विचारविमर्श गर्नका लागि टर्कीएले आगामी साता शान्ति वार्तामा भाग लिने बताएका छन्। 

टर्कीएले यसै वर्षको सुरुमा जेद्दा र कोपेनहेगनमा यस्तै प्रकारको बैठकपछि यही अक्टोबर २८–२९ मा माल्टामा युक्रेन शान्ति वार्ताका लागि एक चरणको आयोजना गर्ने बताएको छ । 

“हामीले माल्टामा शान्ति फर्मुला वार्ताको आगामी चरणबारे चर्चा गर्यौँ”, एर्दोगानसँग टेलिफोन कुराकानी गरेपछि जेलेन्स्कीले भने, “आफ्नो आधिकारिक आवाज र अडान प्रस्तुत गर्दै टर्कीए शान्ति वार्तामा सहभागी हुनेछ ।”

रुस वार्तामा सहभागी हुने अपेक्षा नभएको भन्दै राष्ट्रपति जेलेन्स्कीले आफ्नो शान्ति योजनाका लागि समर्थन जुटाउने विश्वास व्यक्त गरे । यस्तै किसिमको वार्ता जुनमा कोपेनहेगन र अगस्टमा साउदी सहर जेद्दामा भएको थियो । 

चीन, भारत, अमेरिका र युक्रेनसहित करिब ४० देशका प्रतिनधिहरूले साउदी शिखर सम्मेलनमा भाग लिएका थिए । यद्यपि उक्त सम्मेलनमा अन्तिम घोषणा हुन सकेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्