
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको उनले बताए ।
भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो ।
बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए ।
भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।