०४ साउन २०८३, सोमबार

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टियो, ४ जनाको मृत्यु, १४ घाइते

कात्तिक ६, २०८०
काठमाडौं
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टियो, ४ जनाको मृत्यु, १४ घाइते

सिओल–दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतवार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।

योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो ।

तटरक्षक अधिकारीहरू उद्धारमा संलग्न रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्