२५ असार २०८३, बिहीबार

तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

कात्तिक ६, २०८०
काठमाडौं
तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

बडादशैँको महानवमीको दिन आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ ।

यस्तै देशका तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको पाइएको छ ।

‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।’

यसैगरी राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्