१० असार २०८३, बुधबार

पर्यटकीय क्षेत्रमा ‘सिसी क्यामेरा’ जडान

कात्तिक ६, २०८०
काठमाडौं
पर्यटकीय क्षेत्रमा ‘सिसी क्यामेरा’ जडान
प्रतीकात्मक तस्वीर

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । 

सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच  सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए ।

उनका अनुसार सुकेटार विमानस्थल र बजार क्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । 

आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उनको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३०  डस्टबिन (फोहर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ ।

प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्