२५ असार २०८३, बिहीबार

बाँकेमा आजराति १२ बजेसम्म मदिरा किनबेच र उपभोग गर्न नपाइने

कात्तिक ८, २०८०
काठमाडौं
बाँकेमा आजराति १२ बजेसम्म मदिरा किनबेच र उपभोग गर्न नपाइने

बाँकेमा आज (बुधबार) मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादशैँको भोलिपल्ट निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ । 

सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने उनले बताए । प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ । 

दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

बाँकेमा बडादशैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्