२६ जेठ २०८३, मंगलबार

अज्ञात समूहद्वारा डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड

कात्तिक ८, २०८०
बैतडी
अज्ञात समूहद्वारा डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड

अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् ।

डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । 

उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ । तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । -रासस

salt training

कमेन्ट गर्नुहोस्