१३ असार २०८३, शनिबार

अमेरिकाको लुइस्टन शहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु

कात्तिक ९, २०८०
काठमाडौं
अमेरिकाको लुइस्टन शहरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु

अमेरिकी राज्य माइनको लुइस्टन शहरमा बन्दुकधारीले ठाउँठाउँमा अन्धाधुन्ध गोली लगाउँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । बिहीबार शहरका विभिन्न ठाउँमा बन्दुकधारीले चलाएको गोली लागेर कम्तीमा १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

बन्दुकधारी अहिले पनि खुलेआम घुमिरहेको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा कम्तीमा ५० जना घाइते भएको अपुष्ट रिपोर्टहरू आइरहेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

घटनाबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्