×

NMB BANK
NIC ASIA

चतुर चोरीका अनेक तरिका

चोरका अनौठा शैली: नाइकेसँग भेटेपछि जिम्मेवारी बाँडफाँट, स्वयम्भूको चौरमा बदाम खाँदै 'ब्रिफिङ'

पाकेटमारको कोड भाषा: प्रहरीलाई ‘बकुल्ला’ र  पैसालाई ‘रामराम’

काठमाडाैं | कात्तिक ९, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

१७ वर्षीय बालक मनिष (नाम परिवर्तन) विगत ५ वर्षदेखि काठमाडौंको रानीबारीमा बस्दै आएका छन् । उनका साथी काभ्रेबाट काठमाडौं आए । फेसबुकबाट चिनजान भएका मनिषका साथी हरि (नाम परिवर्तन) आउँदा एउटा चाबी लिएर आएका थिए । चाबी हरिले बाटोमा भेटाएको बताएका थिए।

Muktinath Bank

उनीहरूले हिँड्ने क्रममा रानीबारीमा पार्किङ गरिराखेको बा ६५ प ५७७३ नम्बरको स्कूटर चोरी गरे । मनिषले प्रहरीलाई दिएको बयानमा ‘बाटोमा फेला परेको स्कूटर साथीले फेला पारेको चाबीले खोल्न खोज्दा स्टार्ट भएपछि चोरी गरेको’ बताएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू त्यही स्कूटर लिएर फेरि रानीबारीकै नजिकै चोर्न गए । उनीहरूले घरधनी नभएको मौका पारेर  चोरी गर्न लाग्दा घरबेटीले देखेपछि उनीहरू भागेका थिए । त्यहाँबाट भागेर उनीहरू नयाँ बजारको खुशीबुमा पुगेर स्कूटर बिक्री गर्न खोज्दा प्रहरीले असोज १ गते पक्राउ गरेको थियो।


Advertisment
Nabil box
Kumari

यस्तै असोज ९ गते बौद्धमा यस्तै प्रकरको चोरी भयो । असोज २४ गते काठमाडौं बसन्तपुरमा दाँत सफा गर्न गएकी एक युवतीको मोबाइल, पर्सलगायत सामानहरू हातैबाट चोरले खोसेर फरार भए ।

Vianet communication

पक्राउ परेका २ चोरले प्रहरीलाई बताएअनुसार उनीहरूले दैनिक पकेट मार्नुभन्दा अगाडि मुख्य नाइके राजनले ब्रिफिङ लिने गरेको थिए । उनीहरू कार्यालय समयमा स्वयम्भुलगायत उपत्यकाका विभिन्न ठाउँको खुला चौरमा अनिवार्य उपस्थित हुने र त्यहाँ कसरी पकेट मार्ने ? कुन एरियामा मार्ने ? कसले के गर्ने ? कुन गाडी चढ्ने ? मानिसहरू कति भएपछि चढ्ने ? जस्ता कुराको निर्णय र जिम्मेवारी बाँडफाँट गर्ने गरेको ती युवकले प्रहरीलाई बताएका छन् ।

‘उनीहरूले गज्जबको कुरा सुनाए । उनीहरू दैनिक ९ बजे स्वयम्भुको खुलाचौरमा भेटेर बदाम खाँदै त्यो दिन पकेट मार्ने क्षेत्रको ब्रिफिङ लिँदा रहेछन्,’ प्रहरीका एक अधिकारीले लोकान्तरसँग भने, ‘अझ रमाइलो त उनीहरूको पकेट मार्ने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेछ ।’

उनीहरू बेलुका ५:३० बजे बिहान मिटिङ बसेकै ठाउँमा भेटेर पैसा बाँडफाँट गरी घर फर्किने गरेका रहेछन् । यदि कुनै दिन पकेट मार्न नसके त्यही दिन साँझ जम्मा भएर किन पकेट मार्न सकिएन? कसको के कमजोरी भयो भन्ने कुराको पनि समीक्षा हुने रहेछ ।

पकेटमारको कोड भाषा प्रहरीलाई ‘बकुल्ला’  र पैसालाई ‘रामराम’

प्रहरीका अनुसार उनीहरूले प्रहरीलाई बकुल्ला भन्ने गरेका रहेछन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार धेरै प्रहरी आए भन्नलाई ‘बकुल्लाको टोली’ एउटा मात्रै प्रहरी आयो भन्नलाई ‘बकुल्लो’ र महिलाहरूले ‘मामा’ पनि भन्ने गरेका छन् । पैसा छ पकेट मारिहाल भन्नलाई उनीहरूले ‘रामराम’ भन्ने गरेको परिसरका एसपी कुमोद ढुङगेलले लोकान्तरलाई बताए ।

‘उनीहरूले पैसालाई रामराम भन्दा रहेछन्,’ एसपी ढुङ्गेले लोकान्तरसँग भने,  ‘प्रहरी आयो भागलाई ‘बकुल्ला’ २ चोटी भन्ने गरेका रहेछन् ।’

उनीहरूले उपत्यकामा कति प्रहरी पोशाकमा खटिन्छन्? कति प्रहरी सादा पोशाकमा खटिन्छन्? कुन ठाउँमा खटिन्छन्? प्रहरी कसरी हिँड्छन्‌गायत गतिविधिसमेत जानकारी राख्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

३ महिनाको अवधिमा मात्र आफूहरूले ७२ जनाभन्दा धेरै पकेटमारलाई पक्राउ गरेको एसपी ढुङ्गेलले बताए।

उपत्यकाबाट बाहिर जाने सवारी साधन र उपत्यकाभित्र चल्ने सवारी साधनलाई लक्षित गरेर पकेटमारले आफ्नो क्षेत्र कलंकीलाई बनाउने गरेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x