
रुपन्देहीमा दुर्गामूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुवेर बेपत्ता भएका युवा सन्तकुमार राजभर ३ दिनपछि मृत अवस्थामा भेटिएका छन् । उनको शव बिहीवार फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।
कोटहीमाई गाउपालिका वडा नं १ सिपवास्थित तिनाऊ र दानव नदीको संगमस्थल दुईमुहानमा दुर्गामूर्ति विसर्जनका क्रममा मंगलवार ३ जना युवा डुबेका थिए ।
डुवेकामध्ये २ जना केही समयमै मृत अवस्थामा फेला परेका थिए । तर कोटहीमाई वडा नं १ का २० वर्षीय युवा सन्तकुमार भने भेटिएनन् । वडा नम्बर १ र ५ को सीमानामा रहेको दुईमुहानमा डुबेर उनी बेपत्ता भएका थिए ।
मूर्ति विसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाऊ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।