१० साउन २०८३, आइतबार

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान

कात्तिक ९, २०८०
काठमाडौं
राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन आज साँझ अमेरिका भ्रमणमा गएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका हुन् । 
 अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणका क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । 

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको अमेरिकामा मोमो महोत्सवमा प्रमुख आतिथ्यता ग्रहण गर्नछन् । नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने पनि उनको कार्यक्रम रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेका कारण जनतामा निराशा बढेको बताए । दसैँ, तिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्