
विश्व फूटबल महासंघ (फिफा)को वरीयतामा पोर्चुगल र स्पेन बढुवा हुँदा गत वर्षको विश्वकपमा तेस्रो स्थान हासिल गरेको क्रोएसिया भने घटुवा भएको छ ।
बिहीवार सार्वजनिक भएको वरीयतामा पोर्चुगल र स्पेन २–२ स्थान छलाङ मार्दै क्रमशः छैटौँ र आठौँ स्थानमा उक्लिएका छन् ।
क्रोएसिया भने २ स्थान घटुवा हुँदै वरीयताको १० औँ स्थानमा पुगेको छ ।
वरीयताको पहिलो स्थानमा विश्वविजेता अर्जेन्टिना, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौमा बेल्जियम कायमै छन् ।
यस्तै सातौंमा नेदरल्यान्ड्स र नवौँमा इटाली यथावत रहेका छन् ।

वरीयतामा नेपालले २ स्थान सुधार गरेको छ । यसअघि १७५ औँ स्थानमा रहेको नेपाल विश्वकप छनोटको दोस्रो चरणमा पुगेसँगै १७३ औँ स्थानमा पुगेको छ ।