
नेपाल, यूएई र हङकङबीचको त्रिदेशीय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाहुना टोली यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नेपालले ब्याटिङ गर्ने भएको छ ।
नेपालले शृंखलाका ४ वटै खेल जितेको छ भने यूएईले ३ हार र १ जीतसहित फाइनलमा स्थान बनाएको हो ।
समान एक खेल जितेको हङकङ भने यूएईसँग रनरेटमा पछाडि पर्यो । टी-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप त्रिदेशीय शृंखला खेलिएको हो ।