०७ असार २०८३, आइतबार

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते

कात्तिक १०, २०८०
काठमाडौं
अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते

अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेर घाइते भएका हुन् ।  

उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताएका छन् । 

मेयर आचार्यले अभिनेता घिमिरेलाई आकस्मिक उपचार कक्षमा राखिएको जनाएका छन् । 'लोकप्रिय कलाकार प्रकाश घिमिरे आज बिहान नदिपुरमा  दुर्घटनामा परी मणिपाल शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु,' मेयर आचार्यले फेसबुकमा लेखेका छन्, 'हस्पिटल प्रशासन तथा सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउँदछु । सबै विशेषज्ञ डाक्टरहरू इमर्जेन्सी पुग्नुभएको छ । हामी सम्पूर्ण पोख्रेलीहरूको तर्फबाट यस गम्भीर दुर्घटनामा पर्नुभएको प्रिय कलाकारको उपचारमा साथमा रहेको अनुरोध गर्दै शीघ्र सुधारको कामना गर्दछु ।'

घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले हलमा चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्