१८ असार २०८३, बिहीबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कात्तिक १०, २०८०
कैलाली
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
फाइल फोटो

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा नगरपालिका २ कटान बस्ने ७३ वर्षीया पावनीदेवी साउद रहेकी छिन् । उनलाई भे ७ प ५३८१ नम्बरको मोटरसाइकलले शुक्रवार बिहान झिलस्थित सडकमा ठक्कर दिएको थियो ।​

ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्