१२ असार २०८३, शुक्रबार

ढिस्कोले पुरिएर बालकको मृत्यु

कात्तिक २०, २०७४
ढिस्कोले पुरिएर बालकको मृत्यु


खोटाङ, ८ असोज - घर पोत्न प्रयोग गरिने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ओखलढुङ्गामा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–४ का १५ वर्षीय नवीन राईको आइतबार दिउँसो मृत्यु भएको हो ।

माटो खनिरहेको अवस्थामा माथिबाट झरेको ढिस्कोले पुर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोशी गाउँपालिका–३ स्थित देउकी पाखामा कमेरो खन्ने क्रममा बालकलाई ढिस्कोले पुरेको हो । घटनाका विषयमा प्रहरी चौकी, हर्कपुरबाट गएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ । उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल, ओखलढुंगा पठाइएको स्थानीयवासीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्