
परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीसहितका निर्दोष नागरिकको सुरक्षाका लागि आह्वान गरेको छ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमणपछि हमास समूहले बन्धक बनाएको आशंका गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकको सुरक्षाको लागि आह्वान गरेको हो ।
गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले बेपत्ता नेपालीहरूको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसासमेत गरेको छ ।
हमासले इजराइलमा आक्रमण गरेको पहिलो दिन अक्टोबर ७ देखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीका विपिन बेपत्ता छन् । जोशीको अवस्था अझै अज्ञात छ ।