०३ साउन २०८३, आइतबार

न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको सनसनीपूर्ण शुरूआत

कात्तिक ११, २०८०
काठमाडौं
न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको सनसनीपूर्ण शुरूआत

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध शानदार शुरूआत गरेको छ ।

न्युजिल्याण्डले टस जितेर ब्याटिङमा बोलाएपछि अष्ट्रेलियाले धमाकेदार शुरूआत गरेको हो । ​

ओपनरद्वय डेभिड वार्नर र ट्राभिस हेडले अर्धशतकसँगै शतकीय साझेदारी गरेका हुन् । १० ओभरमा विनाविकेटको क्षतिमा अष्ट्रेलियाले ११८ रन कटाएको छ । 

दुवै ओपनरले छक्का र चौकाको वर्षा गरेका छन् । दुवैले १० छक्का र १२ चौका प्रहार गरिसकेका छन् । 

आजको खेल जिते अष्ट्रेलिया तेस्रो स्थानमा उक्लन सक्नेछ । 

लगातार दुई खेलमा पराजित भएपछि अष्ट्रेलियाले तीन खेलमा लगातार नै जीत दर्ता गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्