
सोलुखुम्बुमा एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका २ पेल्माङका ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।
महाकुलुङ गाउँपालिका २ पेल्माङ बस्ने ५० वर्षीय सितलबहादुर राईको हत्या गरेको आरोपमा उनीहरूलाई शुक्रवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मादक पदार्थ सेवन गरेर भएको वाद–विवादका तथा झै–झगडामा सितलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । उनको मृत्युको खबर पाएलगतै प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।