०४ असार २०८३, बिहीबार

सार्कका नयाँ महासचिव सरवरले सम्हाले कार्यभार

कात्तिक ११, २०८०
काठमाडौं
सार्कका नयाँ महासचिव सरवरले सम्हाले कार्यभार

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् ।

सार्क मन्त्रिपरिषद्‌ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै महासचिव सरवरले गत मङ्गलवारदेखि कार्यभार सम्हालेका सार्क सचिवालयले आज जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औं महासचिव हुन् । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । 

सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् । उनले क्वालालम्पुर, काठमाडौं, याङ्गुन र वाशिङ्टन डीसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्य शास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्