२९ जेठ २०८३, शुक्रबार

यूएई र युक्रेनका राष्ट्रपतिबीच फोन वार्ता, द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाबारे छलफल

कात्तिक ११, २०८०
काठमाडौं
यूएई र युक्रेनका राष्ट्रपतिबीच फोन वार्ता, द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाबारे छलफल

अबु धाबी– यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रवार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् ।

सो वार्तामा दुवै राष्ट्र र त्यहाँका जनताको हितका लागि द्विपक्षीय सहयोग वृद्धि गर्ने तरिकाहरूबारे छलफल भएको बताइएको छ ।  

सो अवसरमा  यूएईका राष्ट्रपति र युक्रेनी राष्ट्रपतिले युक्रेनको पछिल्लो घटनाक्रम र द्वन्द्वका असर, विशेष गरी मानवीय र आर्थिक प्रभावका बारेमा गम्भीर पनि छलफल गर्नु भएको स्रोतले जनाएको छ । 

दुई नेताले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नुका साथै क्षेत्रीय तथा विश्वव्यापी प्रगति र समृद्धिको रक्षाका लागि शान्ति, स्थायित्व र सुरक्षा प्रवर्द्धनमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्