राजविराज, ८ असोज- सप्तरीको शम्भुनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रमुख पदमा नेपाली काँग्रेसका उमेदवार योगेन्द्रप्रसाद चौधरीले दुई हजार ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जितेन्द्र गुप्ताले दुई हजार ७३४ मत प्राप्त गर्नुभयो ।
यस्तै उपप्रमुखमा नेकाका कविताकुमारी सरदारले दुई हजार ६०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शोभाकुमारी चौधरीले दुई हजार ४४५ मत प्राप्त गर्नुभएको थियो ।