
नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामासहितका नेता चढेको जिप आइतवार काभ्रेको बेथान चोकमा दुर्घटनामा परेको छ ।
खानीखोला गाउँपालिकामा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा आइतवार दिउँसो जिप दुर्घटनामा परेको हो ।
बेथान चोकको तालढुंगाबाट उकालो चढ्दै गरेको बा १४ च ७०७७ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित नेताहरू घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।