काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम मूल्य ५० र सानो (लोकल) को २५ रुपैयाँ कायम गरिएको छ । यस्तै टनेलको गोलभेँडाको अधिकतम थोक मूल्य ४० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को १२०, काउली स्थानीयको ६०, लौकाको ३०, केरा (दर्जन) १८०, अनारको ४५० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः