१९ असार २०८३, शुक्रबार
टी-२० विश्वकप छनोट

सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

कात्तिक १३, २०८०
काठमाडौं
सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत आज नेपालले सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । सोमबार बिहान टियू क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङको निम्तो पाएको हो । 

सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । 

विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध जितसहित सुखद् शुरूआत गर्ने लक्ष्य साथ नेपाल मैदान उत्रिएको छ ।

प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । टियूमा नेपाल र सिंगापुरबीच खेल भइरहँदा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल हुनेछ ।

यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबीच तेस्रो खेल हुनेछ । त्यो खेल नेपाली समयानुसार, दिउँसो १:१५ बजे शुरू हुनेछ । 

सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबीच चौथो खेल खेलाइने छ । 

आजदेखि शुरू हुने प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी-२० विश्वकपमा छनोट हुनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्