२८ जेठ २०८३, बिहीबार
टी-२० विश्वकप छनोट

आक्रामक शुरूआत गरेको सिंगापुर सुस्तायो, खेल नेपालको नियन्त्रणमा

कात्तिक १३, २०८०
काठमाडौं
आक्रामक शुरूआत गरेको सिंगापुर सुस्तायो, खेल नेपालको नियन्त्रणमा

नेपालविरुद्ध टस जितेर ब्याटिङ रोज्दै आक्रामक शुरूआत गरेको सिंगापुर सुस्ताएको छ । आइसिसी टी-२० विश्वकप एसिया क्वालिफायरमा सिंगापुरले नेपालविरुद्ध पावरप्लेलेको ६ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो ।  

तर ६.५ ओभरमा लेग स्पीनर सन्दीप लामिछानेले सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा आउट गरे । 

लगत्तैको ७.१ ओभरमा गुल्सन झाले आक्रामक रन बनाएका रोहन रंगराजनलाई ४६ रनमा आउट गरे ।

रोहनले ३० बलमा ४६ रन बनाउँदा ९ चौका र १ छक्का प्रहार गरेका थिए । यही ओभरको ५ औं बलमा गुल्सनले अमत्र्य कौललाई शून्य रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको हो । 

१० ओभरको समाप्तिमा सिंगापुरले ६६ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । एघारौं ओभरको खेल चलिरहँदा सिंगापुरले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेट पनि सन्दीपले लिएका हुन् । 

नेपालका लागि करण केसीले शुरूआती सफलता दिएका थिए । उनले दोस्रो बलमै विकेट लिएका थिए । 

अहिले खेल नेपालको नियन्त्रणमा आइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्