०६ असार २०८३, शनिबार

मधेशमा १ नम्बर बनेको कांग्रेसको कुन जिल्लामा कस्तो परिणाम ?

कात्तिक २०, २०७४
मधेशमा १ नम्बर बनेको कांग्रेसको कुन जिल्लामा कस्तो परिणाम ?


काठमाडौँ, ९ असोज- प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा कांग्रेस १ नम्बर बनेको भएपनि अपेक्षित नतिजा ल्याउन सकेन | यद्यपि कुन जिल्लामा कांग्रेसको कस्तो परिणाम आयो भनि नयाँ पत्रिकाले खबर छापेको छ ।

सिरहमा १७ मा दुईCongress-Ballot

कोषाध्यक्ष सीतादेवी यादवको गृहजिल्ला सिरहाका १७ मध्ये कांग्रेस नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिकामा मात्रै विजयी भयो । हारेकामध्ये पनि कांग्रेस उम्मेदवार अधिकांशमा दोस्रोसमेत हुन सकेन । सिरहा नगरपालिका प्रमुखमा कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र तेस्रो हुन पुगे ।

धनुषाको १८ मा सात

प्रभावशाली नेताहरूको जिल्ला धनुषामा कांग्रेसले १८ मध्ये सात स्थानीय तहमा मात्र जित निकाल्न सक्यो । तालमेल गरिएको मिथिलामा समेत कांग्रेस जित्न असफल भयो । एमाले उम्मेदवार झन्डै १६ सय अन्तरले विजयी भए । केन्द्रीय सदस्य महेन्द्र यादव मतदाता रहेको लक्ष्मीनियाँ गाउँपालिकामा कांग्रेस संघीय समाजवादी फोरमसँग पराजित हुन पुग्यो । कांग्रेसले क्षिरेश्वर, कमला, धनुषाधाम, नगराइन नगरपालिकाको प्रमुख, उपप्रमुख र सबैला नगरपालिका प्रमुख जितेको छ । औरही, धनौजी र जनकनन्दिनी गाउँपालिका जित हात पारेको छ ।

सप्तरीमा १८ मा पाँच

सप्तरीको १८ तहमध्ये कांग्रेसले तीन गाउँपालिका र दुई नगरपालिका गरी ५ वटामा मात्र जित्न निकाल्यो । बेल्ही चपेना, अग्रीसाइर कृष्णासवरण, विष्णुपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो । सप्तरीका शम्भुनाथ र सुरंगा नगरपालिका प्रमुखमा मात्र जित्यो ।

महोत्तरी १५ मा तीन

महोत्तरीका १५ तहमध्ये कांग्रेसले तीनवटा तहमा मात्रै जित हात पारेको छ । औरही र बलवा नगरपालिका प्रमुख जित्यो भने लोहरपट्टी गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै जित्न सफल भयो ।

सर्लाहीमा २० मा पाँच

कांग्रेसले सर्लाहीको मलंगवा र हरिपुर्वा नगरपालिका प्रमुख र उपप्रमुख जितेको छ । धनकौल र रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको उसले बसबरिया गाउँपालिकाको अध्यक्ष मात्रै जित्यो । हरिवन, लालबन्दी, बरहथवाजस्ता महत्वपूर्ण नगरपालिकामा जित हात पार्न सकेन ।

रौतहटमा १८ मा आठ

रौतहटमा १८ मध्ये कांग्रेसले आठ तह जितेको छ । जसमा ६ नगर र दुई गाउँपालिका छन् । चन्द्रपुर, फतुवा विजयपुर, राजदेवी नगरपालिकाको प्रमुख तथा गढीमाई, परोहा, वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै जितेको छ । दुर्गाभगवती र राजपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा उसले सफलता पाएको छ । शीर्ष नेताहरू नभएको रौतहटमा कांग्रेसले राम्रै सफलता पाएको छ ।

बारामा १६ मा चार

बारामा १६ स्थानीय तह छन् । जसमध्ये कांग्रेसले पाँचवटामा जित दर्ता गरेको छ । निजगढ, सिम्रौनगढ नगरपालिकामा प्रमुख मात्रै जितेको कांग्रेसले महागढीमाई नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ । करैयामाई गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जित हात पारेको छ ।

पर्सामा १४ मा तीन

पर्सा जिल्लामा पनि कांग्रेस कमजोर देखिएको छ । पर्सामा कांग्रेसले धोविनी गाउँपालिका अध्यक्ष र पर्सागढी, बहुदरमाई नगरपालिका प्रमुख र उपप्रमुखमा जिते हात पारेको छ । पर्सा केन्द्रीय सदस्य रमेश रिजालको गृहजिल्ला हो ।

salt training

कमेन्ट गर्नुहोस्