
स्पेन, ९ असोज — विश्व अल्ट्रा वरीयताको दोस्रो नेपाली धावक भीमबहादुर गुरुङलाई स्पेनको बार्सिलोनामा स्वागत गरिएको छ । आइतवार जनप्रगतिशील मञ्च स्पेनले नेपाली खेलाडी गुरुङ र मीरा राईलाई राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको भन्दै सम्मान गरेको हो । 
नेपाललाई खेलकुदको माध्यमबाट नेपाली झण्डा फहराउन सफल राष्ट्रका गहनालाई गैरआवासीय नेपाली राष्ट्रिय समन्वय समिति स्पेनको कार्यालयमा खादा र अबिर लगाई उच्च सम्मान गरेको छ ।
स्पेनको सालमोन अल्ट्रा परनेउमा जारी खेलमा पुरुषतर्फको दौडमा तेस्रो स्थान हासिल गर्न सफल भएका गुरुङलाई नेपाल फर्किने क्रममा हतारहतारमा अन्तिम बिदाइसहित सम्मान गरेको हो ।
नेपाली धावक गुरुङले भने, ‘राष्ट्रले खेलाडीहरूलाई बेवास्ता गरेको भएतापनि प्रवासी नेपालीहरूले दिएको सम्मानले आफ्नो मन गदगद भएकोमा खुशी व्यक्त गर्दै स्पेनवासी नेपालीहरूलाई बडा दशैंको शुभकामना समेत व्यक्त गरेका थिए । 
यसैबीच अर्की राष्ट्रिय धावक मीरा राईले राष्ट्रले खेलाडीलाई ध्यान नदिएकोमा दुखेसो व्यक्त गर्दै राष्ट्र र राष्ट्रियताको शिर उच्च राख्नका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
जनप्रगतिशील मञ्च युरोप शाखाका महासचिव गंगा भुसालले राष्ट्रको शान खेलाडी भएकाले आ–आफ्नो क्षेत्रबाट हुने हरेक काममा सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
महासचिव भुषलले भने ’नेपालको नाम उच्च स्थानमा राख्न आफ्नो खेल द्धारा सकारत्मक जितका लागि शुभकामना सहित आफ्नो संगठनबाट राष्ट्रिय खेलाडिहरूको सहयोगका लागि कुनै कसर बा“की नराख्ने बताउनुभयो ।
महासचिव भुषाल भन्छन् ’देशको स्वाभिमान खेलाडिहरूले विश्वका सामु उच्च स्थानमा राखेकाले खेलाडिहरूलाई खेलकुदमा उच्च मुल्याङ्कन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । ’ महासचिव भुषालले आउदै गरेको बडादशैको शुभकामना समेत सम्पुर्ण नेपालीहरूलाई ब्यक्त गर्नुभएको थियो ।
नेपाली पाठशालाकी संम्योजक सरला सापकोटाले राष्ट्रले खेलाडिहरूको उच्च सम्मान गर्नुपर्ने बताउदै खेल जगतले विश्वमा नेपालको झण्डा फहराएकाले नेपाली खेलाडिहरूको मुल्याङ्कन हुनुपर्ने बताई ।

एनआरएनएका सचिव लोक बन्धु बस्नेतले राष्ट्रले के दियो भन्दा राष्ट्रका लागि हामी के गर्यौ भनेर आत्मसाथ गर्नु पर्ने बताए । सचिव बस्नेतले भने ’राष्ट्रका गहना खेलाडिहरूको कुनै न कुनै दिनमा राष्ट्रले उच्च मुल्याङ्कन गर्ने उहाको दावी थियो ।
कार्यक्रममा स्पेनस्थित विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूको ब्यापक जनसहभागिता थियो । कार्यक्रम जनप्रगतिशिल मंञ्च स्पेनका उपाध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।