
आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको जारी अन्तिम खेलमा शुरुवातमै आयोजक नेपालले ओमानका तीन विकेट लिएको छ ।
तेस्रो विकेट गुलशन झाले लिएका हुन् । तेस्रो विकेट गुमाउँदा ओमानले ५ ओभरमा ३७ रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।