१२ असार २०८३, शुक्रबार

वीरगन्जमा कांग्रेसलाई फोरमको टक्कर, ६ सय बढी मतले अगाडि

कात्तिक २०, २०७४
वीरगन्जमा कांग्रेसलाई फोरमको टक्कर, ६ सय बढी मतले अगाडि

वीरगन्ज, ९ असोज– तेस्रो चरणअन्तर्गत अजोज २ गते स्थानीय चुनाव भएको २ नम्बर प्रदेशको एकमात्र महानगरपालिकाको मेयरका लागि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार वीरगन्जको मेयरका लागि संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीभन्दा ६२८ मतले अगाडि छन् ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार संघीय फोरमका सरावगीले १३२५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका द्विवेदीले १२६३१ मत प्राप्त गरेका छन् । ८० हजार भन्दा बढी मत खसेको वीरगन्जमा अहिलेसम्म ५७ हजार बढी मत गणना भइसकेको जनाइएको छ ।

मतगणनाको सम्बन्धमा केही विवाद भएपछि हिजो (आइतवार) राति ९ बजेदेखि मतगणना स्थगित भएको थियो । वडा नम्बर १६, १७ र १८ को मत गन्ने बेला मुचुल्कामा उल्लेख गरिएको भन्दा बढी मतपत्र भेटिएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले लगायत दलका प्रतिनिधिले विरोध जनाएका थिए ।

जसकारण मतगणना केही घण्टा स्थगित हुन पुगेको थियो । आइतवार राति ९ बजेदेखि स्थगित भएको मतगणना दलका प्रतिनिधिहरुबीको सहमति पछि सोमवार विहान ३ बजेदेखि सुचारु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्