१० साउन २०८३, आइतबार

एउटा कानून पास गर्न ६ करोड खर्चिने काम भयो : रवि लामिछाने

कात्तिक १६, २०८०
काठमाडौं
एउटा कानून पास गर्न ६ करोड खर्चिने काम भयो : रवि लामिछाने
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले संसद्‌को बजेट अधिवेशनमा एउटा कानून पास गर्न ६ करोड १० लाख खर्च भएको बताएका छन् ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम दिन विशेष समय लिएर बोल्दै ६ करोड रुपैयाँ खर्चिएर एउटा मात्रै कानून पास गरेको बताएका हुन् । 

‘एउटा मात्र कानून पास गरेर बिदा भएको सदनको अधिवेशन बन्द हुँदा तीतो पोख्नैपर्ने भयो । प्रतिनिधिसभाका ६५ बैठकका लागि ६१ दिन खर्चिएका छौं । आज बाहेक २५९ घण्टा ५५ मिनेट बैठक बसेका छौं । यो समयको मात्रै कुरा भयो । संसद् चलेको दिन मात्रै न्यूनतम् खर्च १० लाख भएको छ । यस हिसाबले दोस्रो अधिवेशनमा ६१ दिनको लागि समयको मात्रै कुरा छैन हामीले पैसा पनि प्रशस्त खर्च गरेका छौं । ६ करोड १० लाख खर्च भयो । हामीले लिने तलब बेग्लै छ’ रविले भने, ‘प्रत्येक बैठकमा राष्ट्रिय महत्वसहितका आफ्नो निर्वाचन क्षेत्रका विषयलाई कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज उठाउँदै आएका छौं । मन्त्रीदेखि प्रधानमन्त्रीलाई आवाज राखेका छौं । तर यो संसदले हामी जनप्रतिनिधिको आवाज सुनेको छैन भने जनताको आवाज के सुनोस् ?'

सदनमा आरोप र प्रत्यारोप चल्ने, फौजदारी अभियोग नै लाग्ने गरी छेडखानी चल्ने तर शीर्ष नेताको कारण संसद बन्धक भएर एउटा मात्रै कानून बनाएको उनको भनाइ छ । 

ठूला भनिएका तीन दलका बाहेकका लागि संसद अनुदार रहेको लामिछानेले बताए ।  

आफ्ना कमजोरी लुकाउन व्यवस्था नै खतरामा पर्‍यो भनेर प्रचार गरेको पनि उनले आरोप लगाए । 

‘यो व्यवस्था अरूका कारण कि तपाईँ हाम्रै कारणले खतरामा छ ? हामीले संविधान, प्रणाली । व्यवस्था जोगाएका छौं कि जेलमा रहेका आफ्ना मान्छे जोगाइरहेका छौं ?’ रविले प्रश्न गर्दै भने । 

salt training

कमेन्ट गर्नुहोस्