२४ जेठ २०८३, आइतबार

प्रचण्डको दाबी– अर्थतन्त्र समस्यामा छैन, ब्याजदर एक अंकमा झार्दैछौं

कात्तिक १६, २०८०
बुटवल
प्रचण्डको दाबी– अर्थतन्त्र समस्यामा छैन, ब्याजदर एक अंकमा झार्दैछौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन् ।

बिहीवार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले देश आर्थिकरूपमा दबाबमा भए पनि आफूले सरकारको नेतृत्व गर्दाजस्तो अप्ठ्यारो अहिले नभएको बताएका हुन् ।

‘मैले सरकारको नेतृत्व गर्दा जस्तो संकट अहिले छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । मुलुकको सञ्चित पूँजी दश महिनालाई पुग्ने छ । पर्यटन क्षेत्र फस्टाएर सबैभन्दा धेरै पर्यटक नेपालमा आएका छन् । राजस्व वृद्धि भएको छ । घरजग्गाको कारोबार फस्टाउँदो छ, अब देशको अर्थतन्त्रले गति लिँदैछ ।’

अर्थतन्त्रमा देखा परेको दबाब समाधान गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा वृहत् समीक्षात्मक कार्यक्रम गरी विशेष कार्ययोजना लिएर ल्याउने गरी सरकार अघि बढेको समेत उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकार बैंकको ब्याजदर एक (बढीमा ९ प्रतिशत) अंकमा झार्ने तयारीमा लागेको समेत जानकारी दिए । 

लोकतन्त्रमाथि प्रश्न उठाउने ठाउँ कसैलाई नभएको पनि उनले बताए ।

‘आर्थिक समृद्धितर्फ लैजाने योजनामा सबै लागौं । कोही निराश हुनुपर्ने अवस्था छैन । आ–आफ्ना ठाउँबाट मेहनत गरौं । देशलाई समृद्धितर्फ हामीले लैजाने हो,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्