१७ असार २०८३, बुधबार
आममाफी प्रकरण

रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश

कात्तिक १६, २०८०
काठमाडौं
रिगललाई दिइएको आममाफी बदर, अझै करीब १२ वर्ष कैद असुलउपर गर्न परमादेश
फाइल फोटो

सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीवार रिगललाई तत्काल पक्राउ गर्न परमादेश समेत दिएको छ ।

अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको रिट निवेदक पक्षका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । 

​नेपालगञ्जका चेतन मानन्धरको हत्यामा तीनै तहका अदालतले रिगललाई जन्मकैदको सजाय गरेको भए पनि संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

तर सर्वोच्चले उक्त निर्णय बदर गरिदिए पछि रिगल अब पुनः जेल जानेछन् । राष्ट्रपतिको निर्णय बदर गरी रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै चेतनकी पत्नी भारती शेर्पाले रिट दिएकी थिइन् ।

हेर्नुहोस्, पूर्णपाठ :

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

 

salt training

कमेन्ट गर्नुहोस्