२८ जेठ २०८३, बिहीबार

झन्डै एक क्विन्टल चाँदी बरामद,१३ तोला सुन पनि भेटियो

कात्तिक १६, २०८०
विराटनगर
झन्डै एक क्विन्टल चाँदी बरामद,१३ तोला सुन पनि भेटियो

विराटनगर ११ मा रहेको  पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीमा सुन समेत रहेको खुलेको छ । 

चाँदी तौलिने क्रममा १३ तोला भन्दा केही बढी सुन (१५३.८ ग्राम) समेत भेटिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए । यसैगरी चाँदी ९९ किलो ९९४.५ ग्राम रहेको पुष्टि भएको छ । 

प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ ।  पक्राउ परेका जाना भारतीय नागरिक हुन् । 

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरेको हो । सो चाँदी राष्ट्र बैकमा बुझाउने  सूचना अधिकारी दाहालले बताए ।  यसअघि ४० किलो चाँदी भनिएपनि तौलिँदा धेरै पाइएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्