
सरकारले आज (शुक्रबार) र भोलि (शनिबार) राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् उपलब्ध बताइएको छ ।
पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
