११ साउन २०८३, सोमबार
टी-२० विश्वकप छनोट

यूएईसँगको खेलअघि अभ्यासमा देखिए दीपेन्द्र सिंह ऐरी

कात्तिक १७, २०८०
काठमाडौं
यूएईसँगको खेलअघि अभ्यासमा देखिए दीपेन्द्र सिंह ऐरी

अभ्यासका क्रममा घाइते भएपछि विश्वकप छनोटका खेलहरू गुमाएका दीपेन्द्र सिंह ऐरी मैदान तथा नेटमा अभ्यास गर्दै गरेको देखिएका छन् ।

पहिलो खेलअघि घाइते भएपछि समूह चरणका खेल गुमाएका ऐरी सेमीफाइनल खेलअघि मूलपानीको नेटमा अभ्यासरत छन् ।

विश्वकप छनोटका लागि निर्णायक आजको खेलमा दीपेन्द्र फर्किने/नफर्किने पक्का भइसकेको छैन । तर, उनी अभ्यासमा देखिनुले आशा पलाएको छ ।

नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जित्ने टीम विश्वकपमा छानिने छ ।

salt training

कमेन्ट गर्नुहोस्