
अभ्यासका क्रममा घाइते भएपछि विश्वकप छनोटका खेलहरू गुमाएका दीपेन्द्र सिंह ऐरी मैदान तथा नेटमा अभ्यास गर्दै गरेको देखिएका छन् ।
पहिलो खेलअघि घाइते भएपछि समूह चरणका खेल गुमाएका ऐरी सेमीफाइनल खेलअघि मूलपानीको नेटमा अभ्यासरत छन् ।
विश्वकप छनोटका लागि निर्णायक आजको खेलमा दीपेन्द्र फर्किने/नफर्किने पक्का भइसकेको छैन । तर, उनी अभ्यासमा देखिनुले आशा पलाएको छ ।
नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जित्ने टीम विश्वकपमा छानिने छ ।