
बलिउड स्टार सलमान खान अभिनीत चलचित्र ‘टाइगर ३’को टिजर सार्वजनिक भएको छ ।
शुक्रवार सार्वजनिक टिजर एक्सन दृश्यले भरिएको छ । सलमान र इमरान हाशमीको टकराव टिजरमा हेर्न सकिन्छ । साथै, अभिनेत्री कट्रिना कैफको एक्सन दृश्यसमेत टिजरमा समेटिएको छ ।
‘टाइगर–३’ नोभेम्बर १२ (कात्तिक २६) देखि प्रदर्शनमा आउँदैछ । मनिष शर्माको निर्देशन रहेको चलचित्रका निर्माता आदित्य चोपडा हुन् ।
यो चलचित्र नेपाली दर्शकमाझ पनि प्रतीक्षित मानिएको छ ।