०५ साउन २०८३, मंगलबार

सुडानको डार्फरमा २० भन्दा बढी महिला

कात्तिक १७, २०८०
काठमाडौं
सुडानको डार्फरमा २० भन्दा बढी महिला

सुडानको पश्चिमी डार्फर क्षेत्रको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र महिला तथा बालिकालाई अपहरण गरी दासजस्तो अवस्थामा राखिएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जानकारी गराएको छ ।

सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान र जनरल मोहम्मद हमदान डग्लोको ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको युद्धका कारण सुडानमा गत अप्रिलपछि नौ हजारभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयकी प्रवक्ता एलिजाबेथ थ्रोसेलले पत्रकार सम्मेलनमा भनिन्, “डार्फरमा आरएसएफको नियन्त्रणमा रहेका क्षेत्रमा महिला र किशोरीहरूलाई अपहरण गरी अमानवीय, अपमानजनक दासजस्तो अवस्थामा राखिएको समाचारबाट हामी निकै चिन्तित छौं ।”

“बाँचेका, प्रत्यक्षदर्शी र अन्य स्रोतबाट प्राप्त विश्वसनीय जानकारीअनुसार २० जनाभन्दा बढी महिला र बालिकालाई लगिएको छ, तर यो सङ्ख्या अझै बढी हुन सक्छ,” उनले भनिन् । 


सुडानको संयुक्त मानव अधिकार कार्यालयलाई द्वन्द्वसँग सम्बन्धित ५० भन्दा बढी यौन हिंसाका घटनाहरूको विश्वसनीय रिपोर्ट प्राप्त भएको र यसबाट ८६ महिला, एक पुरुष र १८ बालबालिका गरी कम्तीमा १०५ पीडितहरू प्रभावित भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्