
अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले शुक्रबार जनाएको छ ।
स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीको लाभ भएको छ, श्रम साङ्ख्यिकी विभागो (बीएलएस) ले भनेको छ । कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको कारण कार उत्पादन क्षेत्रका करिब ३५ हजार रोजगारी गुमेका छन् ।
अमेरिकी रोजगारदाताहरूले सेप्टेम्बरमा दुई लाख ९७ हजार रोजगारीहरू थपेका थिए । अगष्टमा पनि आर्थिक वृद्धि दर घटेपछि रोजगारी सङ्ख्या एक लाख ६५ हजारमा झरेको थियो ।
यी संशोधनहरूको साथ, अगस्त र सेप्टेम्बरमा संयुक्त रूपमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा एक लाख एक हजार सङ्ख्या कम थियो ।
गत अप्रिलमा ३.४ प्रतिशतको न्यून विन्दुमा पुगेको बेरोजगारी दर ०.५ प्रतिशत बिन्दुले बढेको छ, जसले श्रम बजारको वृद्धिदर सुस्त भएको सङ्केत गर्छ ।
अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले यसै साताको सुरुमा भनेका थिए, “श्रम बजार अझै कडा छ तर आपूर्ति र मागको अवस्था राम्रो सन्तुलनमा आउँछ ।”